कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपका कारण विश्वभरका अधिकाँश मानिसहरु घरैबाट काम गरिरहेका छन्।
यसबीचमा अमेरिकी टेलिभिजन एबीसी न्युजका पत्रकार विल रिभले पनि घरैबाट प्रत्यक्ष प्रसारणमा केही समाचारबारे जानकारी दिनुपर्ने भयो।
उनले प्रत्यक्ष प्रसारणमा आउँदा राम्रो सुट लगाएका थिए। माथि कोट सर्टमा सजिएका उनले तल प्यान्ट भने लगाएका थिएनन्।
जब टेलिभिजनका दर्शकले उनले प्यान्ट नलगाएको थाहा पाए उनीहरुले फोटो खिचेर सामाजिक सन्जालमा पोस्ट गरे।
हालै सार्वजनिक भएको तस्बिरहरुमा रिभले प्यान्ट नलगाएको देखिएको छ। यतिबेला उनका फोटोहरु भाइरल बनेका छन्। एजेन्सी
I have ARRIVED*
*in the most hilariously mortifying way possible https://t.co/2NQ85QEJVr
प्रतिक्रिया