रोचक


माछा मार्न जाँदा समुद्रमा बेपत्ता व्यक्तिको तीन महिनापछि जीवितै उद्धार

माछा मार्न जाँदा समुद्रमा बेपत्ता व्यक्तिको तीन महिनापछि जीवितै उद्धार

नेपालखबर
चैत ३, २०८१ आइतबार २०:५१,

माछा मार्न जाँदा समुद्रमा हराएका पेरुका एक व्यक्ति ९४ दिनपछि जीवितै फेला परेका छन्। उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन्।

६१ वर्षीय म्याक्सिमो नापालाई गत मंगलबार उद्धार गरिएको हो। समुद्रमा उनको सानो डुंगालाई पानीजहाजले देखेपछि उनको उद्धार सम्भव भएको थियो।

आफू साङ्ला, चरा र कछुवा खाएर बाँचेको उनले रुँदै बताएका छन्।

‘म आफ्नी आमाको लागि मर्न चाहन्नथेँ। मेरी दुई महिनाकी नातिनी छिन्। त्यसका लागि म बाँचेँ। हरेक दिन मैले आमाको बारेमा सोचेँ,’ नापाले भनेका छन्।

शनिबार पाइता सहरस्थित एक अस्पतालबाट उनलाई डिस्चार्ज गरिएको छ। अस्पतालले उनको शारीरिक अवस्था राम्रो रहेको बताएको छ।

उनी ७ डिसेम्बरमा माछा मार्न गएका थिए। तर, मौसमको अवस्थाले उनले बाटो बिराए। 

उनको सानो डुंगा समुद्रमा हरायो। 

‘मेरा बुवा भेटिनु चमत्कार हो,’ उनकी छोरीले भनेकी छन्, ‘हाम्रो परिवारले आश कहिल्यै मारेन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad