रोचक


भारतमा ३५ दिनमै ४८ लाख बिहे, ६० खर्ब भारुको व्यवसाय

भारतमा ३५ दिनमै ४८ लाख बिहे, ६० खर्ब भारुको व्यवसाय

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १५:४३,

भारतमा बिहेको सिजन सुरु भइसकेको छ। यसपालिको सिजनमा ४८ लाख बिहे हुने बताइएको छ।

कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्सलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार बिहेले अर्थतन्त्रमा ६० खर्ब भारतीय रुपैयाँ योगदान गर्नेछ।

१ अर्ब ४० करोड जनसंख्या भएको भारतमा नोभेम्बर १२ देखि डिसेम्बर १६ सम्ममा ४८ लाख बिहे हुने भएको हो।

गत वर्षभन्दा यो बिहेको संख्यामा ठूलो वृद्धि हो। गतवर्ष यो सिजनमा ३८ लाख बिहे भएको थियो। जसमा ४७ खर्ब भारतीय रुपैयाँको कारोबार भएको थियो।

दिल्लीमा मात्रै यो सिजनमा ४ लाख ५० हजार विवाह हुने बताइएको छ। भारतमा यसपालि विवाहका १८ शुभसाइत रहेको छ।

प्रतिविवाह ३ लाख भारु खर्च गर्नेगरी १० लाख बिहे हुने अपेक्षा छ। त्यस्तै ६ लाख भारु खर्च गर्ने १० लाख, १० लाख खर्च गर्नेगरी १० लाख, १५ लाख खर्च गर्नेगरी १० लाख र २५ लाख खर्च गर्नेगरी ७ लाख विवाह हुने अनुमान छ।

त्यस्तै, ५० हजारवटा बिहेमा ५० लाख र अर्को ५० हजार बिहेमा १ करोडमाथिका दरले खर्च हुने बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad