ad ad

रोचक


जसलाई एक महिनाभित्र सर्पले पाँचपल्ट टोक्यो, तर हरेकपटक निको हुँदा डाक्टरहरू नै छक्क!

जसलाई एक महिनाभित्र सर्पले पाँचपल्ट टोक्यो, तर हरेकपटक निको हुँदा डाक्टरहरू नै छक्क!

नेपालखबर
असार १८, २०८१ मंगलबार १५:०, काठमाडौँ

भारतको उत्तर प्रदेशस्थित फतेहपुर जिल्लाबाट एक अनौठो घटना सार्वजनिक भएको छ। जहाँ एक युवकलाई एक महिनाभित्र पाँच पटक सर्पले टोकेको छ। तर हरेकपटक उपचारपछि उनी निको भएका छन्। 

युवकलाई सर्पले टोकेपछि बारम्बार कसरी निको भइरहेका छन् भनेर उपचार गर्ने डाक्टरहरू नै छक्क परेका छन्।

उल्लेखनीय कुरा के छ भने सर्पको डरले युवक आफ्नो घर छाडेर काकीको घरमा बस्न थालेका थिए। तर त्यहाँ पनि उनलाई सर्पले छाडेन। काकीको घरमा पनि उनलाई सर्पले आफ्नो सिकार बनायो। 

यो घटनाले युवक र उनको परिवार गहिरो चिन्तामा परेका छन्। उनीहरू आगामी दिन सम्झेर चिन्तामा परेका हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना फतेहपुर जिल्लाको मालवा थाना क्षेत्रको सौरा गाउँको हो। जहाँ बस्ने २४ वर्षीय विकास दुबेलाई एकदेखि डेढ महिनाभित्र पाँचपटक सर्पले टोके पनि हरेक पटक उपचारपछि निको भएको हो।

अहिले पनि उनको उपचार निजी अस्पतालमा जारी छ। किनभने भर्खरै उनलाई सर्पले टोकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .