रोचक


हातले गोल हान्ने एमबाप्पेको सपना अधुरो (भिडियो)

हातले गोल हान्ने एमबाप्पेको सपना अधुरो (भिडियो)

नेपालखबर
माघ ९, २०७६ बिहिबार ६:३९,

उक्त खेल पीएसजीले ३–० ले जित्यो। खेलमा स्टार एमबाप्पेले पीएसजीका तर्फबाट गोल गर्न सकेनन्।

यद्यपी उनले गोल गर्ने प्रयासहरु भने गरे। खेल भइरहँदा एउटा यस्तो रोचक दृश्य देखियो जहाँ एमबाप्पेले हातले गोल गर्ने प्रयास गर्न खोज्छन्।

हातले बललाई हानेर एमबाप्पे गोल गर्न पनि सफल हुन्छन्। तर त्यो गोल अवैध भएकाले उनले पहेलो कार्ड पाउँछन्।

यतिबेला एमबाप्पेको यस गोल सामाजिक सन्जालमा निकै चर्चाको विषय बनेको छ। डिएगो म्याराडोनाले कुनै समय विश्वकप फाइनलमा वेलायतविरुद्ध हातले गोल हानेर विश्वकप जिताए।

उक्त गोललाई ‘ह्यान्ड अफ गड’ भनेर विश्वभरका फुटबल समर्थक सम्झन्छन्। एमबाप्पेको ह्यान्ड गोललाई भने नक्कली ह्यान्ड अफ गड भनेर हाँसोको विषय बनाइएको छ।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad