ad ad

रोचक


जो आधा शताब्दीदेखि सुतेकै छैनन्

जो आधा शताब्दीदेखि सुतेकै छैनन्

नेपालखबर
असार २०, २०८० बुधबार १०:२९, काठमाडौँ

निद्रा स्वस्थ जीवनशैलीका लागि अत्यावश्यक हो। विज्ञानले हरेक रात ६ देखि ८ घण्टा सुत्न आवश्यक रहेको बताउँछ।

तर भियतनामका ८० वर्षीय एक वृद्ध जो ६१ वर्षयता नसुतेको दावी गर्छन्। केही वर्षयता अन्तर्राष्ट्रिय मिडियामा उनको बारेमा थुप्रै समाचार प्रकाशित भएका छन्। अमेरिकाका ब्लगर ड्रे बिन्स्कीले ५ महिनाअघि उनको भिडिओ युट्युबमा राखेपछि उनको चर्चा झनै चुलिएको हो।

थाई निग नाम गरेका ती व्यक्तिलाई सन् १९६२ मा उनलाई गम्भीर ज्वरो आयो। ज्वरोले थलिएका उनी सुत्न सकेनन्। उनलाई लागेको थियो त्यो केही दिनका लागि हो। तर दिन, हप्ता, महिना हुँदै त्यसयता वर्षौँसम्म सुत्न नसकेको दावी उनी गर्छन्।

तर ननिदाउँदा पनि उनको स्वास्थ्यमा समस्या देखिएको छैन। खेती किसानी गर्ने उनी सामान्य जीवन बाँचिरहेका छन्। उनी भन्छन्, '६१ वर्षयता म निदाएको छैन, तर स्वास्थ्य एकदमै ठीक छ।'

आधा शताब्दी अनिँदा उनले अहिलेसम्म आफ्नो अवस्थाबाट कुनै नकारात्मक असर पनि नदेखिएको बताएका छन्। उनको दावीअनुसार श्रीमती, छोराछोरी र छिमेकी पनि उनलाई कहिल्यै सुतेको नदेखेको बताउँछन्।

८० वर्षीय उनले हरेक दिन धुम्रपान तथा मदिरा सेवन समेत गर्ने गरेका छन्।

यस घटनाले चिकित्सकहरू पनि अचम्ममा परेका छन्। तर उनी केही समयका लागि निदाउने गरेको हुनसक्ने र यसको बारेमा उनलाई जानकारी नभएको हुन सक्ने दावी चिकित्सकको छ। यस्तो अवस्थालाई माइक्रोस्लिप भनिन्छ। जसअनुसार मानिस सुतेको स्वयं उसैलाई पनि थाहा हुँदैन। यस्तो अवस्थामा मािनस केही सेकेन्ड र मिनेटका लागि सुषुप्त रूपमा निदाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .