रोचक


भाइरलको भूत- सिसा फुटाउँदै कारका छतमा डान्स (भिडिओसहित)

भाइरलको भूत- सिसा फुटाउँदै कारका छतमा डान्स (भिडिओसहित)

नेपालखबर
बैशाख ९, २०८१ आइतबार ११:९, काठमाडौँ

अचेल भ्युज र लाइकका लागि  रिल बनाउन मानिसहरू कहिले मृत्युसँग खेलाँची गरिरहेका हुन्छन् त कहिले मुर्खताका कारण लाखौँको नोक्सानी।

हालै एउटी युवतीले पनि यस्तै गरेको भिडिओ सार्वजनिक भएको छ। 

रेडिटमा सेयर गरिएको भिडिओमा @snowbunnyjelly नामका टिकटक प्रयोगकर्ता सार्वजनिक रूपमा रिल बनाउन त्यहाँ पार्क गरिएका कारका छतमा नाचिरहेकी छन्।

उनी कारको अगाडिबाट दौडिन्छिन् र कारको छतमा चढ्छिन्, आफ्नो खुट्टा विन्डसिल्डमा राख्छिन्। यसमा पाइला हाल्नेबित्तिकै विन्डसिल्ड पूर्ण रूपमा फुट्छ तर युवतीले त्यसलाई बेवास्ता गर्दै डान्स स्टेप पूरा गर्छिन्।

भिडिओको क्याप्सनमा लेखिएको छ, ‘मानिसहरूले भ्युज र लाइक प्राप्त गर्नका लागि किन यस्तो गर्छन्? भिडिओको ठ्याक्कै मिति र स्थान थाहा छैन। पहिले पनि टिकटक प्रयोगकर्ता २कलयधदगललथवभििथ भनेर चिनिने युवतीले कारहरूमा माटो फालेका, कारको छतमा कुदेका र ब्याट फ्याँकेका धेरैवटा भिडिओ बनाएकी छन्।’ 

भिडिओको कमेन्टमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘यति महँगो लग्जरी कार नष्ट भएको छ तर बिनाचिन्ता नाचिरहेकी छन्। यति सजिलै सिसा फुटेकामा धेरैले आश्चर्य व्यक्त गरेका छन्। कतिपयले यो पनि पूरै स्क्रिप्टेड हुनसक्ने बताएका छन्।’

हेर्नुहोस् भाइरल भिडिओ-

MC dances on top of car and breaks the windshield 🤦‍♂️
byu/EthanthegamerGD inImTheMainCharacter

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .