ad ad

रोचक


...अनि मण्डपमै घुसेर युवाहरूले बेहुलालाई कुट्न थाले

...अनि मण्डपमै घुसेर युवाहरूले बेहुलालाई कुट्न थाले

नेपालखबर
असार ७, २०८० बिहिबार १३:५, काठमाडौँ

उत्तर प्रदेशस्थित एटामा एक पुरुष विवाहको पहिरनमा सजिएर विवाह मण्डपमा उभिएका थिए। दुलही सात फन्को लगाउन तम्तयार भएर बसेकी थिइन्।

त्यही बेला केही युवाहरू आए र मण्डपमै ती बेहुलालाई कुट्न थाले। 

विवाहमा सहभागी जन्तीले रोक्ने प्रयास गरे। जब ती युवाहरूले कुट्नुको कारण बताए, तब सबै स्तब्ध भए र कुट्न रोक्नबाट पछि हटे।

घटना करिब २ महिना अघि कोतवालीस्थित आगरा रोडको एक पार्टी प्यालेसको हो। कपिल नामका ती बेहुला जन्तीसहित आबएका थिए। विवाह समारोह चलिरहेको थियो। सबै खुसी थिए। तर जब ती युवकहरू आएर एक्कासी बेहुलालाई कुट्न थाले त्यहाँको माहोल सबै बिथोलियो।

विवाह समारोहमा सहभागी एकले भने, 'हामीले कुटपिट गर्नबाट जोगाएर कारण सोध्यौं। उनीहरूले कपिलले पहिले नै विवाह गरिसकेको र श्रीमतीलाई धोका दिएर अर्को बिहे गर्न लागेकोफ बताए। त्यो सुनेर हामी त छक्कै पर्‍यौँ।'

उक्त घटनापछि बेहुलीका बुवा अमितले कोवतवालीमा उजुरी दिएको बताइएको छ। आफ्नी छोरी शिल्पाको बिहे कपिलसँग तय गरेको तर उनले आफूहरूले झुक्काएको भन्दै उनले उजुरी दिएका हुन्।

बिहेको मिति गएको मार्च १५ मा तय भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .