अस्ट्रेलियाको मार्भल स्टेडियममा आइतबार राति घरेलु क्रिकेट बिग ब्यास लिग चलिरहेको थियो।
एडिलेड स्ट्राइकर्सका स्पिनर रासिद खान बालिङ गरिरहेका थिए। क्रिजमा थिए मेलबर्न रिनेगेड्सका ब्यााट्सम्यान बु वेब्स्टर।
रासिदले बल फ्याँके। त्यो वेब्सटरको गोडामा लाग्यो र अन्यत्र गयो। लगत्तै अम्पाएर ग्रेग डेविडसनले चोर औँलो उठाए। रासिद आफूले विकेट खसाएको मानेर मख्ख परे भने वेब्स्टर लेग बिफोर विकेटमा परी आउट भएकोमा दुःखी हुन थाले।
तर, अम्पाएरले औँले लगेर नाक कन्याउन थाले। उनले विकेट होइन भनेर स्पष्ट पनि पार्नुपर्यो।
खेलपछि अम्पाएरले आफूले पहिले आउट दिन थालेको तर बीचमै निर्णय परिवर्तन गरेको स्पष्ट पारे।
? Greg Davidson with a bit of an itchy schnoz at Marvel Stadium #nosegate #BBL09 pic.twitter.com/m3M772Atox
— KFC Big Bash League (@BBL) December 29, 2019सामाजिक सञ्जालमा यसलाई नोजगेट भनेर चर्चा गरियो। यो बिगब्यास लिगको इतिहासमै सबैभन्दा अनौठो घटना भएको थुप्रैले बताए।
ब्याट्सम्यान वेब्स्टरले नटआउट ३६ रन बनाए पनि उनको टोली रिनेगेड १८ रनले पराजित भयो। एजेन्सी
प्रतिक्रिया