इमर्जेसी साइरन बजेपछि उत्तर कोरियाले आक्रमण गर्यो भन्दै अमेरिकी सेनाहरु त्रसित बनेका थिए।
शुक्रबार बिहानै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको भनेर जापानको संचारसंस्था एनएचकेले जनाएको थियो।
साथै आफूमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्ने विषयमा महत्वपूर्ण निर्णय नभए उत्तरले अमेरिकाले सोच्दै नसोचेको क्रिसमस गिफ्ट दिने चेतावनी दिएका कारण पनि उक्त सैन्य क्याम्पमा केहीबेल होहल्ला मच्चिएको थियो।
तर वास्तवमा त्यहाँ उत्तर कोरियाले कुनै आक्रमण गरेको थिएन।
सैन्य क्याम्पमा ‘ब्युगल ट्युन’ बटन थिच्नु पर्ने थियो। तर उक्त कार्यमा खटिएका सेनाले झुक्किएर इमर्जेन्सी साइरन बट थिचिदिए।
दक्षिण कोरियाको भूमिमा र उत्तर कोरिया नजिकको भूमिमा रहेको अमेरिकी सैन्य क्याम्पमा ब्युगल ट्युन सैनिक कार्यतालिकाको लागि बजाइन्छ भने इमर्जेन्सी साइरन उत्तर कोरियाको आक्रमणलाई संकेत गर्न बजाइन्छ।
केहीबेर उक्त क्षेत्रमा कोलाहल मच्चिए पनि उक्त घटना झुक्किएर भएको अमेरिकी अधिकारीहरुले बताएका छन्। बीबीसी
प्रतिक्रिया