बेलायतका एक फुटबल फ्यान ३५ घण्टा लगाएर एउटा स्टेडियमका सबै कुर्सीमा बसेका छन्।
एक च्यारिटीका लागि पैसा उठाउन उनले स्टेडियममा रहेका ४२ हजार ७८५ कुर्सीमा ३५ घण्टा लगाएर बसेका हुन्। प्रिमियर लिगको एस्टोन भिल्लाका फ्यान रहेका ४२ वर्षीय सिमोन ओस्बर्न क्लबको स्टेडियमका सबै कुर्सीमा बसेका हुन्।
ओस्बर्नले ३५ घण्टा लगाएर सबै सिटमा बस्दा आफूलाई निकै गाह्रो भएको बताए। उनले औसतमा प्रत्येक सिटमा बस्न दुई सेकेन्ड लगाएका थिए।
क्लबको डिमेन्सिया च्यारिटीका लागि पैसा उठाउन उनले स्टेडियमका सबै सिटमा बस्ने निर्णय गरेका थिए। ओस्बर्नका घर र मामाघरतर्फका दुवै हजुरआमालाई डिमेन्सियाको समस्या छ।
ओस्बर्नले सेप्टेम्बर २६ देखि उक्त स्टेडियमका कुर्सीमा बस्न सुरु गरेका थिए। ओस्बर्नले च्यारिटीका लागि एक हजार पाउन्ड बराबरको रकम जम्मा गर्ने उद्देश्यका साथमा स्टेडियमका कुर्सीमा बस्ने निर्णय गरेका थिए।
तर, उनले सबै कुर्सीमा बसेर १ हजार ४९० पाउन्ड च्यारिटीका लागि जम्मा गर्न सफल भए।
प्रतिक्रिया