कारमा भ्रमणमा निस्किएका व्यक्तिहरुले भिडियो खिचिरहँदा बाटोमा देखिएको परेवाले काउब्वाई ह्याट लगाएको पाइएको हो।
काउब्वाई ह्याट मेक्सिको, क्यानडा, अमेरिकामा निकै प्रचलित एक प्रकारको टोपी हो। तर उक्त टोपी परेवाले कसरी लगायो भनेर मानिसहरुले प्रश्न गरेका छन्।
ब्रुजा नामको ट्वीटर ह्यान्डलमा एक भिडियो सार्वजनिक भएको छ जहाँ परेवा रातो काउब्वाई ह्याटमा देखिएको छ।
I finally found one!!! @LasVegasLocally pic.twitter.com/j2u90R2esL
— ???? ♥??♀️ (@kassandraqueenn) December 9, 2019उनले कसैले परेवाको शिरमा ह्याट गमले टाँसिदिएको बताएका छन्। लफ्टी होप्स संस्थाले भिडियो देखेपछि त्यसको खोजी गर्छ जहाँ थाहा हुन्छ कि उक्त परेवाको शिरमा ह्याट टाँसिएको रहेछ।
गतहप्ता मात्र यस्तै ह्याट टाँसिएको परेवा भेटिएको संस्थाकी प्रमुख मरिया हिलम्यानले बताए।
यस्ता कार्य जनवार तथा पशुपंक्षीमाथिको हिंसा भएको उक्त संस्थाको टिप्पणी रहेको छ। एजेन्सी
प्रतिक्रिया