ad ad

रोचक


पुरस्कारको साढे ५३ करोड लिएर प्रेमिका फरार भएपछि...

पुरस्कारको साढे ५३ करोड लिएर प्रेमिका फरार भएपछि...

नेपालखबर
भदौ १५, २०७९ बुधबार १३:२०, काठमाडौँ

धोका जहिले पनि जसलाई पनि हुन सक्छ। जब आफ्नै भन्ने मानिसले धोका दिन्छ तब ठूलाे आघात पुग्छ। 

बेलायतमा यस्तै घटना भएको छ। एक जोडीले पुरस्कारमा ३६ लाख पाउण्ड (करिब ५३ करोड ५१ लाख नेपाली रुपैयाँ) जितेका थिए।

पुरस्कार जित्नुभन्दा पहिला नै उनीहरुले एकसाथ व्यवसाय सुरु गर्ने र एकअर्कालाई साथ दिने वाचा गरेका थिए। यद्यपि पुरस्कार जितेपछि भने सोचेको जस्ता भएन। पुरस्कार जितेपछि आफूलाई प्रेमिकाले धोका दिएको र पुरस्कारको सबै पैसा लिएर भागेको आरोप प्रेमीले लगाएका छन्।

द सनले उल्लेख गरेअनुसार ३९ वर्षीय किर्क स्टीभन्स आफ्नी ४० वर्षीय प्रेमिका लौरा हायलसँग बेलायतको नटिंघममा बस्दै आएका थिए। गत वर्षको मार्चमा उनीहरुले नेशनल लोटरीमा उक्त रकम जितेका थिए। ‘सेट फर लाइफ ड्र’ अन्तर्गतको उक्त योजनाअनुसार ३० वर्षसम्म उनीहरुले मासिक करिब १४ लाख ८६ हजार रुपैयाँ पाउने थिए। तर पैसा पाउनुभन्दा पहिला नै स्टिभन्सले धोका पाए। 

उनीहरुले बैंक एकाउन्टमा लौराकै एकाउन्ट राखेका थिए, त्यसैले सबै पैसा उनको खातामा आएको थियो। स्टीभिन्सले लौरा हायलले जितेको सबै पैसा लिएको र आफूसँग अलग भएको आरोप लगाएका छन्। सुरुमा उनीहरुबीच जितेको रकम आधा आधा बाँड्ने सहमति भए पनि सोअनुसार काम भने हुन सकेन। 

स्टीभिन्सका अनुसार उनीहरु एकसाथ बस्दै आएका थिए। लौराले घर पनि भाडामा लिएकी थिइनन्। उनीहरुले प्रत्येक साता करिब ३ हजार ७ सय रुपैयाँ लोटरीमा हाल्ने सहमति गरेका थिए।

जहिले लोटरी जितिन्छ, त्यसको आधा आधा रकम बाँड्ने सहमति उनीहरुको बीचमा थियो। त्यसपछि एकसाथ जीवन जिउने उनीहरको वाचा थियो। तर, पुरस्कार जितेको केही महिनामै उनी स्टीभिन्ससँग अलग भइन्। 

समाचारमा उल्लेख गरिएअनुसार उनीहरले टिकट पनि लौराकै नामबाट किनेका थिए। त्यसैले पैसामा पूर्ण अधिकार लौरा हायलको रहन गयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .