ad ad

रोचक


रु. १ करोड ३६ लाख पर्ने एउटा केरा, जब भोका कलाकर्मीले क्वाप्पै खाइदिए

रु. १ करोड ३६ लाख पर्ने एउटा केरा, जब भोका कलाकर्मीले क्वाप्पै खाइदिए

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ७:१५,

गतहप्ता १२०,००० डलर (करिब १ करोड ३६ लाख) मा बिक्री भएको एउटा केरा कलात्मक प्रदर्शनमा राखिएकै बेला एकजना भोका कलाकर्मीले नै प्रदर्शनकै बीचमा क्वाप्पै खाइदिएपछि त्यसको बाँकी रहेका टुक्राको कलात्मक महत्वबारे बहस शुरु भएको छ।

विश्व व्यापारको एक प्रतीकको रुपमा लिँदै अमेरिकाको मियामीस्थित एक कला प्रदर्शनीस्थलमा भित्तामा टेपले टाँसेर राखिएको सो केरालाई आर्टिष्टले नै खाइदिएपछि अहिले विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सो घट्नालाई विभिन्न कोणबाट खोतलेका छन्।

प्रदर्शनीमा उपस्थित सहभागीहरूकै बीचमा एक भोका कलाकर्मीले खाएपछि बाँकी रहेको अंशले पनि सो कलाको ‘परिकल्पना’ लाई जीवित राखिरहेको बताइएको छ।

केराको सो कलालाई विश्व व्यापारको प्रतीक तथा पुरानो हाँस्यमाध्यमको रुप दोहोरै अर्थको रुपमा व्याख्या गरिएको छ।

इटालियन आर्टिष्ट माउरिजियो क्याटेलनले कमेडियन नामाकरण गरिएको सो केरा न्यूयोर्कका पर्फमेन्स आर्टिष्ट डेभिड दतुनाले आफू निकै भोकाएको भन्दै कलाकेन्द्रमा खचाखच भरिएका कलाप्रेमीहरु कै सामु खाएका थिए।

सो ग्यालेरीका संस्थापक इम्मानुयल पेरोटिनले माउरिजियोको कला केवल वस्तुको बारेमा मात्र नभई वस्तुहरु विश्वभर कसरी घुम्छन् भन्नेबारेको एउटा परिकल्पना भएको बताए।

त्यो बहुमूल्य केरा किन्ने व्यक्तिले सबैकुरा गुमाइनसकेको बताइएको छ। त्यो केराको आफ्नै आधिकारिकताको प्रमाणपत्र छ र त्यो किन्ने व्यक्तिले त्यसलाई अर्को केराले प्रतिस्थापन गर्नसक्छन्। ‘दतुनाले त्यो सबै सिद्धाएको पनि छैनन् र त्यो केरा भनेको एउटा परिकल्पना हो’ सो ग्यालेरीका निर्देशक लुसी टेरासलाई उद्धृत गर्दै द गार्डियनले लेखेको छ।

हाँस्यकलामा प्रख्यात क्याटेलनले सो केरा स्थानीय बजारबाट किनेर ल्याएका थिए। उनले यसअघि पनि १८–क्यारेटको सुनले बनाइएको चालु शौचालय बनाएर अमेरिका नामाकरण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .