रोचक


अबेर रातसम्म पार्टीमा व्यस्त भए बेहुला, अर्कैसँग भयो बेहुलीको बिहे

अबेर रातसम्म पार्टीमा व्यस्त भए बेहुला, अर्कैसँग भयो बेहुलीको बिहे

नेपालखबर
जेठ ६ , काठमाडौँ

विवाहको विषयमा बेलाबेलामा हरेक किसिमका समाचारहरु आउँछन्।

यस्तै समाचार भारतको राजस्थानमा घटेको छ। राजस्थानका चुरु जिल्लामा एक बेहुलाको लागि आफ्ना साथीहरुसँग रमाइलो गर्नु निकै महँगो परेको छ। 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सुनिल नाम गरेका बेहुला विवाहको दिन अबेर रातसम्म साथीहरुसँग मदिरा सेवनमा व्यस्त थिए।

जसको कारण उनीहरु समयमा नै बेहुलीको घरमा पुग्न सकेनन्। समाचारमा बताइएअनुसार बेहुला रातको ९ बजे बेहुलीको घरतर्फ प्रस्थान गरेका थिए। तर, उनीहरुलाई त्यहाँ पुग्न रातको २ बज्यो।

यसरी ढिला पुग्नुको कारण बेहुला आफ्ना साथीहरुसँग मदिरा पिएर बस्नु थियो। 

विवाहको लागि शुभसाइत रातको सवा १ बजेको दिइएको थियो। त्यसैले बेहुली पक्षले समयमा नै बेहुला नआएपछि अर्कै केटा खोजेर विवाह गरिदिएका थिए।

रातको २ बजे नाच्दै गाउँदै जन्तीसहित बेहुला पुग्दा बेहुलीको अर्कैसँग विवाह भइसकेको थियो। 

ढिला गरेर बेहुलीको घर पुगेका जन्तीले त्यहाँ हुलदंगा गरेका थिए। त्यसपछि जन्ती पक्षले प्रहरीमा मुद्दा दायर गर्न गएका थिए।

प्रहरीमा बेहुली पक्षले विवाहको दिन नै यस्तो व्यवहार देखाउने बेहुलालाई आफ्नो चेली दिन नसकिने निष्कर्षका साथ अर्कैसँग विवाह गरिदिएको जवाफ दिएका थिए। 

यद्यपि प्रहरीले दुवै पक्षलाई सम्झाएर फिर्ता पठाएको थियो। 
 

जेठ ६, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad