ad ad

रोचक


२४ वर्षीय युवाका कानभित्र जीवितै भेटिए ११ साङ्ला

२४ वर्षीय युवाका कानभित्र जीवितै भेटिए ११ साङ्ला

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ६:३३,

एक २४ वर्षीय युवाका कानमा १० भन्दा बढी जीवित साङ्ला (कक्रोच) भेटिएका छन्।

चीनका ती युवा कान अत्याधिक रुपमा दुख्न थालेपछि जचाउनका लागि अस्पताल पुगेका थिए। उपचारका क्रममा उनको कानभित्र एक माउ  र १० भन्दा बढी  बच्चा कक्रोच भेटिएका हुन्।

 डेली एक्सप्रेसमा बुधबार प्रकाशित रिपोर्टअनुसार कानमा समस्या भएपछि चीनको ग्वाङदोङ प्रान्तको हुआन्ग जिल्लाका २४ वर्षीय ल्वू नामका ती युुवा गत महिना जिल्लाको सनेह अस्पताल पुगेका थिए।

अस्पतलाका नाक, कान, घाँटीका विशेषज्ञ डाक्टरसँग उनले आफ्नो समस्या राखेका थिए। उनले आफ्नो कान निकै दुख्ने र भित्र केही हिँडीरहेजस्तो, केहीले टोकीरहेजस्तो महसुस भइरहेको बताएका थिए।

दर्द के बाद डॉक्टर को दिखाया तो कान में निकली कॉकरोच की पूरी फैमिलीदर्द के बाद डॉक्टर को दिखाया तो कान में निकली कॉकरोच की पूरी फैमिली

 डाक्टरले उनको कान हेर्दा ती साङ्ला फेला पारेका हुन्। ‘१० भन्दा धेरै साना तर जीवित कक्रोचका बच्चा र एक माउ कक्रोच देखिए’, विशेषज्ञ डाक्टरसले भने, ‘ती कानभित्र यता–उता घुमिरहेका थिए।'

अस्पतालले ती कक्रोच कालो र खैरो रंगका भएको माउ कक्रोजको तुलानामा बच्चा कक्रोच हल्का गाढा र साना भएको बताएको छ।

 डाक्टरले ती कक्रोच चिम्टीका साहयताले बाहिर निकालेका थिए। उनले कक्रोक कति सयमदेखि कानमा थिए भन्ने कुरा पत्ता लाग्न नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .