ad ad

कारोबार


उच्च अदालत पाटनमा एनआईसी एसियाको विस्तारित काउन्टर

उच्च अदालत पाटनमा एनआईसी एसियाको विस्तारित काउन्टर

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ६:३९,

एनआईसी एसिया बैंक लिमिटेडको विस्तारित काउण्टर हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटनपरिसरमा सञ्चालनमा ल्याएको छ। उक्त विस्तारित काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले बिहीबार एक समारोहका बीच उद्घाटन गरेका हुन्।

उक्त अवसरमा प्रमुख अतिथि सुवेदीले उच्च अदालत पाटनपरिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गरे।

उच्च अदालत परिसरमा विस्तारित काउण्टर सञ्चालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले बताए। समुद्घाटन समारोहमा उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहाललगायतले आफ्नो मन्तव्य राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .