ad ad

रोचक


असान्जले पाए जेलभित्रै विवाह गर्ने अनुमति

असान्जले पाए जेलभित्रै विवाह गर्ने अनुमति

नेपालखबर
कात्तिक २७, २०७८ शनिबार ६:४२, काठमाडौँ

विकिलिक्सका संस्थापक जुलियन असान्जले जेलभित्रै विवाह गर्ने अनुमति पाएका छन्। सन् २०१९ देखि लण्डनको बेलमार्स जेलमा रहेका असान्जले जेलभित्रै विवाहको लागि अनुमति मागेका थिए। जेलका गभर्नरले उनलाई जेलभित्रै विवाहको लागि अनुमति दिएका हुन्।

उनले अब आफ्नी प्रेमिका स्टेला मोरिससँग जेलभित्रै विवाह गर्नेछन्। 

यसअघि जेलका गभर्नरले उनीहरुलाई जेलभित्र विवाहको अनुमति नदिएको भन्दै उनीहरुले कानुनी लडाइँ सुरु गरेका थिए। असान्जकी प्रेमिका मोरिसले जेलभित्रै विवाहको अनुमति दिएको खुसी व्यक्त गरे पनि यसको लागि कानुनी लडाइँ लड्नुपर्ने अवस्थामा आएकोमा आक्रोश व्यक्त गरेकी छिन्। 

यो विवाहको मिति भने अहिलेसम्म तय भएको छैन। अन्सान्ज र मोरिसका दुई सन्तान पनि छन्। 

असान्ज सन् २०१२ देखि लण्डनस्थित इक्वेडरको दूतावासमा शरणमा बस्दै आएका थिए। उनीमाथि यौन दुर्व्यवहारको मुद्दामा स्वीडेनले वारेन्ट जारी गरेसँगै उनले इक्वेडरको दूतावासमा शरण लिएका थिए।

सन् २०१९ मा बेलायतले जमानतक उल्लंघन गरेको आरोपमा असान्जलाई पक्राउ गरेको थियो। अहिले असान्जलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया चलिरहेको छ। अमेरिकाले उनीमाथि इराक र अफगानिस्तानको गोप्य दस्तावेज चुहाएको आरोप लगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .