ad ad

रोचक


कारभित्रै प्रेमी–प्रेमिका यौनक्रिया गरिरहेका बेला कार पल्टिएपछि...

कारभित्रै प्रेमी–प्रेमिका यौनक्रिया गरिरहेका बेला कार पल्टिएपछि...

प्रेमी–प्रेमिका यौनक्रिया गरिरहेका बेला सडकमा कोल्टो परेको कार। तस्बिर : द सन।


नेपालखबर
असोज ८, २०७८ शुक्रबार २१:१४, काठमाडौँ

इंग्ल्यान्डमा कारभित्रै यौन सम्पर्क गरिरहेका बेला एक जाेडी आपतमा परेका छन्। 

इंग्ल्यान्डको डर्बिसायरमा एक जोडी प्रेमी–प्रेमिका कारभित्रै यौनक्रीडामा व्यस्त रहेका बेला कार पल्टिएको हो। 

द सन’का अनुसार सुनसान स्थानमा कार रोकेर उनीहरू कारभित्रै यौन सम्पर्क गरिरहेका थिए, त्यही बेला कार पल्टिएको हो। 

उनीहरूले कारमा ह्यान्डब्रेक लगाएर यौन क्रिया गरिरहेको तर  त्यस क्रममा अचानक ब्रेकबाट हात हटेपछि कार सडकतिर अघि  बढ्यो र कोल्टे पर्‍यो। 

त्यसपछि प्रहरीले नै उद्धार गरेर उनीहरूलाई कारबाट निकाल्नुपर्यो।

डर्बिसायर प्रहरीले त्यो जोडीको उद्धार गरेपछि ट्विटरमा तस्बिर राखेको हो। जसमा कार सडकमा छड्के परेर पल्टेको देखिन्छ। 

प्रहरीले ट्विटरमा लेखेकाे छ- ‘डर्बिसायरको अज्ञात स्थलमा कारमा एक जोडी फसेका थिए। उनीहरूले आफ्नो सम्बन्धलाई अझ बढी मजबुत बनाइरहेका थिए। त्यसै क्रममा ह्यान्डब्रेकबाट हात हट्दा गाडी चिप्लिएर अगाडि बढेको थियो।’

तर घटनामा कसैलाई चोट नलागेको जानकारी पनि प्रहरीले दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .