गिनिज वर्ल्ड रेकर्ड्सले जापानका दुई दिदीबहिनीलाई विश्वकै सबैभन्दा पाका जुम्ल्याहाको प्रमाणपत्र दिएको छ। उनीहरु १०७ वर्ष ३०० दिनका भए।
उमेनो सुमियामा र कौमे कोदामाले जापानकै कीन नारिता र जीन केनीको रेकर्ड तोडेका हुन्। कीन र कीनसँग १०७ वर्ष १७५ दिन को कीर्तिमान थियो। कीन २००० मा र जीन अर्को वर्ष १०८ वर्षको उमेरमा बितेकी थिइन्। उनीहरुको नामको अर्थ हुन्थ्यो– सुन र चाँदी।
उमेनो र कौमे सोदोसिमा टापुमा सन् १९१३ को नोभेम्बर ५ मा जन्मिएका थिए।
सोमबार वृद्ध दिवसका अवसरमा उनीहरुलाई सो प्रमाणपत्र दिइएको हो। जापानमा वृद्ध दिवसमा राष्ट्रिय विदा दिइन्छ।
हाल यी दिदीबहिनी जापानको फरक हिस्सामा बस्छन्। कोभिड–१९ का कारण उनीहरुलाई प्रमाणपत्र आआफ्नै हेरचाह घरमा प्रदान गरिएको थियो।
जापान औसत आयु सबैभन्दा उच्च भएको मुलुक हो। जापानी समाजमा वृद्ध व्यक्तिले बढी सम्मान प्राप्त गर्छन्।
गिनिज रेकर्डअनुसार जापानकी ११८ वर्षीया काने तानाका सबैभन्दा वृद्ध व्यक्ति हुन्।
उमेनोका चार र कुमेका तीन सन्तान छन्। बीबीसी
Shares
प्रतिक्रिया