यतिबेला विश्वभर ‘स्पेस टुरिजम्’ अन्तरिक्ष पर्यटनको चर्चाहरु सुरुवात भएका छन्।
सन् २०१९ मा इलोन मस्कको कम्पनी स्पेस एक्सले अन्तरिक्ष पर्यटनलाई बढावा दिन आफ्नो अन्तरिक्षयानबाट चन्द्रमामा पर्यटन सुरुवात गर्ने घोषणा गरेको थियो।
अहिले अन्तरिक्ष पर्यटन सफल हुनसक्छ भनेर अर्बपतिहरु यो होडबाजीमा लागि परेका छन्। जसअन्तर्गत भर्जिन ग्यालेक्टिकका मालिक अर्बपति रिचार्ड ब्रान्सन आफ्नै कम्पनीको रकेटमा दुईहप्ता अगाडि मात्र अन्तरिक्ष पुगेका थिए।
हालै मात्र अर्बपति जेफ बेजोस पनि आफ्नै कम्पनी ब्लु ओरिजिनको यानमा अन्तरिक्षमा पुगेर फर्किएका छन्।
भर्जिन ग्यालेक्टिक र ब्लु ओरिजिनले अन्तरिक्ष पर्यटनलाई सफल बनाउन अब अभियानहरु थाल्नेछन्।
यसबीचमा अमेरिकाको फ्लोरिडामा रहेको कम्पनी स्पेस पर्सपेक्टिभले पनि अन्तरिक्ष पर्यटनको समर्थन जनाउँदै आफ्नो कम्पनीहरुको योजनाहरु अगाडि सारेको सीबीएस न्युजले जनाएको छ।
कम्पनीको योजनाअनुसार अब मानिसले अन्तरिक्ष भ्रमणका क्रममा त्यहाँ पुगेर विवाह गर्न सक्नेछन् र जन्मदिन पनि मनाउन पाउनेछन्।
खबरमा भनिएअनुसार स्पेस बेलुनले फुटबल स्टेडियम आकारको क्याप्सुल बोक्नेछ। जहाँ एकपटकमा ८ व्यक्तिलाई राख्ने प्रावधान छ।
स्पेस बेलुनमा अन्तरिक्षमा जानको लागि प्रतिव्यक्ति १ लाख २५ हजार अमेरिकी डलर लाग्ने बताइएको छ।
समुद्री सतहदेखि १ लाख फिट माथिसम्म पुग्ने बेलुनमा पैसा तिर्ने व्यक्तिले विवाह गर्न पाउनेछन्, जन्मदिन मनाउन पाउनेछन् साथै त्यहाँबाट पृथ्वीको आकर्षक र मनमोहक दृश्य अवलोकन गर्न पाउनेछन्।
Shares
प्रतिक्रिया