कला


चार जनालाई पारिजात सम्मान

चार जनालाई पारिजात सम्मान

नेपालखबर
चैत १, २०८२ आइतबार १६:४, काठमाडौँ

पारिजात स्मृति केन्द्रले चार जना साहित्यकारलाई ‘पारिजात सम्मान–२०८२’ प्रदान गर्ने घोषणा गरेको छ । शनिबार पारिजातको ९१ औँ जन्मजयन्तिको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बीच केन्द्रले यस्तो घोषणा गरेको हो।

घोषणा अनुसार ‘पारिजात बालसाहित्य सम्मान– २०८२’ बाट बालसाहित्यकार रामबाबु सुवेदी, ‘पारिजात कला सम्मान– २०८२ ’ बाट गीतकार तथा सङ्गीतकार शरद पौडेल, ‘पारिजात सृजन सम्मान– २०८२’ बाट नवीन विभास र ‘पारिजात सङ्घर्षशील महिला सम्मान– २०८२’ बाट देवी खड्का सम्मानित हुनुहुनेछ। खड्का तात्तकालिन संविधानसभा सदस्य थिए। 

दार्जिलिङमा जन्मिएर नेपालमा कर्मभूमि बनाई नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका साहित्यकार पारिजातको निधन भएको तीन दशक भइसकेको छ। केन्द्रले प्रत्येक वर्ष पारिजातको स्मरणमामा नेपाली कला, सङ्घर्ष र साहित्यमा समर्पित व्यक्तिलाई सम्मानित गर्दै आएको छ। वि.सं. २०८३ वैशाख ५ गते पारिजातको स्मृति दिवसमा उक्त सम्मानहरू समर्पण गरिने केन्द्रले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad