आइतबार बिहान करिब ३ बजेको समयमा झोलुङ्गे पुलबाट हाम्फालेका १८ वर्षीय किशोरको मृत्यु भएको छ। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ खलंगास्थित झोलुङ्गे पुलबाट हाम्फालेका किशोरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका रुकुमपश्चिमका प्रहरी नायव उपरीक्षक बेदप्रसाद पौडेलले मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–१० टोट्के सालघारी घर भएका कर्णबहादुर ओलीका छोरा १७ वर्षीय महेन्द्र ओली रहेको जानकारी दिए।
प्रहरीका अनुसार खलंगाको बहराहटाकुरा र सल्ले जोड्ने पुलबाट महेन्द्रले हाम्फालेको थिए। पुलबाट करिब दुई सय मिटर तल खोलामा खसेका महेन्द्रको टाउँको गम्भीर चोट रहेको प्रहरीले जनाएको छ।
त्रिवेणी घर भएका ओली मुसीकोट नगरपालिका–१ स्थित कारागार नजिकै कोठा भाडामा बस्दै आएका थिए। उनि कक्षा १२ मा अध्ययनका लागि रुकुमपश्चिम सदरमुकाम मुसीकोटमा बस्दै आएको प्रहरीले जनाएको छ।
रुकुमपश्चिमका डिएसपी पौडेलले ओली एक किशोरीसँग प्रेम सम्बन्धनमा रहेको जानकारी दिएका छन्। ‘प्रारम्भिक अनुसन्धानले मृतक प्रेम सम्बन्धनमा रहेको खुलेको छ’, उनले भने, ‘ओली एक वर्षदेखि प्रेम सम्बन्धमा थिए।’
Shares

प्रतिक्रिया