भारतीय युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्भिस यादवलाई नोएडा प्रहरीले पक्राउ गरेको छ।
समाचार एजेन्सी एएनआई र पीटीआईले सो जानकारी दिएका हुन्।
एएनआईका अनुसार नोएडा पुलिसले उनलाई ग्रेटर नोएडाको सुरजपुर अदालतमा पेस गरेको छ।
८ नोभेम्बर, २०२३ मा नोएडा पुलिसले रेभ पार्टीमा सर्पको विष प्रयोग गरेको मामिलामा एफआईआर दर्ता गरेको थियो। जसमा एल्भिस यादव पनि अभियुक्त हुन्।
एल्भिसलाई सर्पको विष प्रयोग गरेको आरोप लागेको छ। तर, उनले मिडियामा पटकपटक आरोप अस्वीकार गरिरहेका छन्।
भिडिओ-
#WATCH | Noida Police arrests YouTuber and Bigg Boss OTT 2 winner Elvish Yadav.
He is being presented in the District & Sessions Court Surajpur, Greater Noida, Uttar Pradesh. https://t.co/gAVCgePVs3 pic.twitter.com/CXT2aDmBTC— ANI (@ANI) March 17, 2024
441
Shares

प्रतिक्रिया