कला


‘समाजसेवी शिवप्रसाद पोखरेल’ स्मृतिग्रन्थ लोकार्पित

‘समाजसेवी शिवप्रसाद पोखरेल’ स्मृतिग्रन्थ लोकार्पित

नेपालखबर
असोज २०, २०७६ सोमबार १३:४४,

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिवप्रसाद पोखरेल स्मृति प्रतिष्ठानले शिवप्रसाद पोखरेलको देहावसान भएको २६ वर्षपछि प्रकाशन गरेको ‘समाजसेवी शिवप्रसाद पोखरेल स्मृतिग्रन्थ’को आज लोकार्पण गरेका छन्।

विसं १९९९ पुस १५ गते पूर्वी पहाडको माम्खामा जन्मेका पोखरेलको अर्बुदरोगका कारण २०५५ भदौ ११ गते झापाको भद्रपुर नगरपालिका वडा नं७ चन्द्रगढीमा देहावसान भएको हो। पुत्र सविन पोखरेलले सम्पादन गरेको कृतिमा शिवप्रसाद पोखरेलसँग सङ्गत गरेका तथा कुनै न कुनै प्रभाव ग्रहण गरेका चालीस व्यक्तिका संस्मरण, गीत र कविता तथा सम्बन्धित तस्वीर समावेश गरिएका छन्।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अग्रजको सम्मान गर्ने र इतिहासको सुरक्षा गर्ने हामी सबैको कर्तव्य भएको बताए। उनले संघीय लोकतन्त्रको स्थायित्व र मुलुकको समृद्धिका रचनात्मक काम गर्न सबैलाई आग्रह पनि गरे। पूर्वमन्त्री राधाकृष्ण मैनालीले शिवप्रसाद र उनको परिवार इमानदार, नैतिकवान्, असल, मिलनसार, सत्कर्ममा विश्वास गर्ने भएको बताउँदै हिजोको इमानको खोजी गर्न सकियो भने मात्र भोलिलाई चिन्न सकिने धारणा राखे।

संविधानविद् काशीराज दाहाल, डा रामप्रसाद दाहाल र साहित्यकार रामप्रसाद पन्त, धर्मपत्नी महेन्द्रकुमारी पोखरेल, डा प्रेणित पोखरेल र ससिम पोखरेलले स्मृतिग्रन्थको प्रकाशनले अग्रजको सम्मान गरेको, श्रद्धा गर्ने सत्कर्मको थालनी गरेको, गुणग्राहिता प्रदर्शन गरेको र सम्झनामा रहेका पात्रलाई पुस्तकाकार रूप दिने प्रयत्न गरेको बताए।

पूर्वसांसद तथा शिवप्रसादका कान्छा भाइ पुष्पराज पोखरेलले आफ्ना साहिँला दाजु शिवप्रसाद परिवारकै पहिलो कलेज पढ्ने व्यक्तित्व भएको र उनले बाँचेको इज्जत, सम्मान र प्रतिष्ठायुक्त जीवन परिवारकै लागि अनुकरणीय भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad