नेपाली सिने उद्योगमा चलेकी अेभिनेत्री हुन्– केकी अधिकारी। जीवन्त अभिनय गर्ने केकी अधिकारी यतिबेला भने आफ्नो मान्छेको पर्खाइमा थाकेर रुँदै गरेकी भेटिएकी छिन्। आफूले माया गरेको मान्छेको पर्खाइमा रुँदै गरेको केकी अधिकारीको यो भावुक दृष्य गायिका दुर्गा खरेलको पछिल्लो गीतको म्यूजिक भिडियोका लागि कैद गरिएको हो।
‘तिमीलाई भनेर म कुरिरहे बाटोमा, तर तिमी आएनौ किन?’ बोलको सार्वजनिक सेन्टिमेन्टल गीतमा दुर्गाको स्वरसँगै केकीको अभिनय निक्कै खुलेको छ। गीतको म्यूजिक भिडियोमा अभिनेत्री केकीलाई पवन शर्माले अभिनयमा साथ दिएका छन्।
नेपाली सांगीतिक क्षेत्रमा निक्कै रुचाहिएका लोकप्रिय संगीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि पनि अर्जुन स्वयम् ले गरेका छन्।
गीतको म्यूजिक भिडियोमा केकी अधिकारी र पवन शर्माले अभिनय गरेका छन्। म्यूजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन्।
प्रतिक्रिया