बलिउड अभिनेत्री सन्नी लियोनी नेपालसँग नजिक छिन्। चाहे त्यो घुमघामका लागि होस् वा व्यावसायिक कार्यका लागि नै किन नहोस्, उनी बेलाबेखत नेपाल आइरहेकी हुन्छिन्।
भ्रमणका क्रममा सन्नीले आफूलाई नेपाली फिल्मको हिस्सा बन्ने चाह भएको बताउँदै आएकी थिइन्।
यतिबेला सन्नीको सो चाह पूरा भइसकेको छ। फिल्म ‘पासवर्ड’मार्फत उनले नेपाली फिल्म क्षेत्रमा पाइला टेकेकी छन्। फिल्मको ‘आजको शाम’ बोलको गीतमा उनको नाच हेर्न सकिन्छ। अर्थात, निर्माण पक्षको भनाइलाई आधार मान्ने हो भने सन्नीले यस नाचका लागि २ करोड भारतीय रुपैयाँ लिएकी छन्।
भिडियाे हेर्नुहाेस्
युट्युबमार्फत गीत सार्वजनिक भएसँगै सन्नीको नेपालीहरुले खुलेर प्रशंसा गरेका छन् । धेरैले गीतको शब्द र स्वरभन्दा पनि सन्नीको अभिनय दमदार रहेको प्रतिक्रिया दिएका छन्।
गीत सार्वजनिक भएसँगै सन्नीले सामाजिक संजालमा आफ्नो भनाई सार्वजनिक गरेकी छन् । युट्युब लिंकसहित उनले लेखेकी छन्, ‘नेपाली फिल्मी संसारको हिस्सा बन्न पाउँदा निकै गर्व महसुस गरेकी छु।’
धेरैलाई आफ्नो नेपालप्रतिको प्रेमबारे थाहा भएको उल्लेख गर्दै सन्नी अघि लेख्छिन्, ‘नेपालमा महान प्रतिभाहरु आइरहेका छन् ।’ सन्नी फिल्मको प्रिमियरमा नेपालसमेत आउने छिन्।
फेसबुकमा मात्र २ करोड ३७ लाख फलोअर्स भएकी सन्नीले सामाजिक संजालमार्फत नेपाली फिल्मबारे लेख्दा बलिउड तथा विदेशमा पनि नेपाली फिल्मले केही भए पनि चिनिने अवसर पाएको छ ।
प्रतिक्रिया