ad ad

कला


दिनेश डिसी ‘प्रबल जनसेवाश्री’ बाट सम्मनित हुँदै

दिनेश डिसी ‘प्रबल जनसेवाश्री’ बाट सम्मनित हुँदै

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ८:४८,

कलाकार एवं सञ्चारकर्मी दिनेश डिसीलाई जनसेवाश्री मानपदवी प्रदान गरिने भएकाे छ।

जनसेवाश्री पाउने अन्य कलाकारहरुमा  नायक निखिल ऊप्रेती, नायीका श्वेता खड्का, वरिष्ठ कलाकार वसुन्धरा भुसाल, भुवन चन्द, शुरेश अधिकारी, स्व खुशीराम पाख्रिन, नारायण देवी प्रधान, एक नारायण भण्डारीलगायत छन्।

नेपाल सरकारको नियम बमोजिम पॉच प्रकारका जनसेवा श्री पदक हुने गर्दछन्। जसमा प्रथम श्रेणी– सुप्रसिद्ध प्रबल जनसेवा श्री। द्वितीय श्रेणी– प्रसिद्ध प्रबल जनसेवा श्री। तृतीय श्रेणी– सुप्रबल जनसेवा श्री। चतुर्थ श्रेणी– प्रबल जनसेवा श्री। र, पञ्चम श्रेणी– जनसेवा श्री।

यसमध्ये अधिकांश कला क्षेत्रका ब्यक्तित्वले तृतीय र चतुर्थ श्रेणीको पदक प्राप्त गरेका हुन्।

जनसेवाश्री मानपदवी चतुर्थ श्रेणी प्राप्त गरेका कलाकार डिसी सरकारबाट सर्प्राईज खुशी मिलेको बताऊँछन्।

राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई जनसेवाश्री मानपदवी यो वर्षको विभिन्न कलाकार समेतलाई प्रदान गर्न लागिएको हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .