कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९ वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान,२०७६ आयोजना गरेको छ।
‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने विश्वास लिएको जनाएको
छ।
संविधान दिवस २०७६ को अवसरमा बैंकद्धारा ‘ओडी कार्ड’ सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबीच संविधान दिवस विशेष रङ्गगोली प्रतियोयिता समेत आयोजना गरिएको थियो।


प्रतिक्रिया