ad ad

कला


‘लभ यु हमेशा’ भदौ ६ मा दर्शकमाझ

‘लभ यु हमेशा’ भदौ ६ मा दर्शकमाझ

नेपालखबर
असार २, २०७६ सोमबार ८:३४,

प्रेमकथानक फिल्म ‘लभ यु हमेशा’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। भाष्कर प्रधान निर्देशित फिल्म ६ भदौमा देशभरका हलमा प्रदर्शन हुँदैछ।

आइडियल डिजाइनर्सले डिजाइन गरेको लभ यु हमेशाका बिभिन्न डिजाइनका पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई हाइलाइट गरिएको छ। धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज, रिचा र फिजाका साथमा शिसिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारले अभिनय गरेका छन्।

भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा सुटिङ गरिएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिन्समा खिचिँदैछ।

निर्देशक भास्करकै कथा, शिब ढकालको छायांकन, एनबि महर्जनको द्धन्द्ध निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ। लभ यु हमेशाको बितरण आरआर फिल्मस्ले गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .