ad ad

कला


प्रियंकाले पति जोनलाई छाडेर म्यानेजरकी छोरीसँग डान्स गरेपछि...

प्रियंकाले पति जोनलाई छाडेर म्यानेजरकी छोरीसँग डान्स गरेपछि...

नेपालखबर
असार १, २०७६ आइतबार १२:३२,

 बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो आउँदो फिल्म ‘द स्काई ईज पिंकु’को छायाँकन सकेर न्युयोर्क फर्केकी छन्।

पति निक जोनससँग प्रेमिल दिनहरु बिताइरहेकी प्रियंका अहिले सामाजिक सञ्जालमा छाइरहेकी छन्। केही दिनअघि मात्रै पति जोनले हात समाएको तस्बिर सार्वजनिक गरेर खुसी व्यक्त गरेकी थिइन्।
आइतबार बिहान सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले एक भिडियो अपलोड गरेकी छन्। प्रियंकाले डान्स गरेको गीत अमिताभ बच्चनको फिल्म मेजरसाहेबको ‘सोणा सोणा’मा बोलको रहेको छ। जसमा उनी पति निकसँग नभएर अरु नै सँग डान्स गरेकी छन्।

यो गीतमा प्रियंकासँग नाच्ने अरु कोही नभएर पति निकका म्यानेजरकी छोरी एवा डु हुन।
प्रियंका र एवाको मित्रता एकदमै राम्रो रहेको छ। उनीहरु घेरैजसो समय एकसाथ बिताउँदै आएका छन्। यो भिडियो सेयर गर्दै उनले लेखेकी छन्, ‘स्पेशल साँझ एवाको साथ’ लेखेकी छन्।

यसअघि पनि प्रियंकाले एवाका साथ एक तस्बिर समेत सार्वजनिक गरेकी थिइन्। जसमा उनीहरु हात समातेर मस्ती गर्दै हिँडेको देख्न सकिन्थ्यो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .