कला


आफ्नै पुरानो तस्बिर हेरेर हैरान भइन् सारा अलि खान

आफ्नै पुरानो तस्बिर हेरेर हैरान भइन् सारा अलि खान

नेपालखबर
भदौ १९, २०७६ बिहिबार १२:२३,

बलिउडकी चर्चित अभिनेत्री सारा अलि खानले आफ्नो एक पुरानो तस्बिर सार्वजनिक गरेकी छिन्।

उक्त तस्बिरमा उनी आफ्नी आमा अमरिता सिंहसँग देखिएकी छिन्। उक्त तस्बिरमा सारा अलि खान मोटी देखिएकी छिन्।

कुनै समय सारा अलि खान ९६ किलोकी थिइन्। तर यतिबेला उनले कडा परिश्रमपछि आफ्नो शरीरलाई स्लिम बनाएकी छिन्।

उनले पुरानो तस्बिर इन्स्टामा सेयर गर्दै भनेकी छिन्,‘त्यो पल जुन म भुल्नै सक्दिन।’

२४ वर्षकी सारा अलि खान सैफ अलि खानकी छोरी हुन्। उनकी आमा अमरिता र सैफ अली खानबीच सन् २००४ मा सम्बन्ध विच्छेद भएको थियो।

सुरुवातमा मोटी भएका कारण उनलाई बलिउडमा प्रवेश गर्न निकै गाह्रो भएको थियो। यतिबेला स्लिम भइसकेकी साराले सिम्बामा रणवीर सिंहसँग काम गरेपछि निकै चर्चा पाएकी छिन्।

उनको आगामी चलचित्र कुल्ली नं एक, आजकल, केदामाथ आगामी सन् २०२० मा रिलिज हुँदैछ। एजेन्सी

Image result for sara ali khan

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad