बाँसबारी स्थित द चाँदवाग स्कुलमा भएको प्रतियोगितामा छात्र तर्फ पुजन र छात्रा तर्फ श्रीयाले अन्य ८ स्कुलका प्रतिस्पर्धिलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् । यस्तै छात्र तर्फ मित्रपार्क डोजो का सोहेन्द्र राना मगर दोस्रो बन्दा आयोजक द चाँदका प्रबिज्ञ कोइराला तेस्रो बने । छात्रा तर्फ सायुरी राईले दोस्रो स्थान हात पार्दा पुष्पा श्री र अंसु गुरुङ संयुक्त रुपमा तेस्रो भए ।
काठमाडौं उपत्यकाका २० स्कुलको सहभागिता रहेको प्रतियोगितामा छात्र तर्फ ५० केजी तौल समूहमा आयोजक द चाँदवागका मनग्य कोइराला र छात्रा तर्फ २० केजी तौल समूहमा द चाँदवागकी श्रीयाक्षी खत्रीले स्वर्ण पदक हात पारे । मनग्यले प्राक्सीस इन्टरनेशनल स्कुलका नितेश राईलाई पराजित गर्दा श्रीयाक्षीले गोल्डेन पिक स्कुलकी सोफीया कुंवरलाई पराजित गर्दै पहिलो भएका हुन् ।
छात्र तर्फ विभिन्न १० तौल समूह र छात्रा तर्फ ९ तौल समूहमा भएको प्रतियोगितामा विभिन्न स्कुलका खेलाडीले १९ स्वर्ण, ३८ कास्य र १९ रजत पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया