गायक, गीतकार तथा संगीतकार बसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’को भिडियो सार्वजनिक भएको छ।
१६ वर्षदेखि अमेरिकामा बस्दै आएका उनले आमाको सम्झनामा यो गीत लेखेका हुन्। यसमा शब्द, संगीत र स्वर बसन्तकै रहेको छ भने गतको एरेन्ज अशोक राईले गरेका छन्।
समन अधिकारीले निर्देशन गरेको भिडियोमा सरोज खनाल, सुनिता उप्रेती, विकास लामिछाने र आरती लामाको अभिनय छ। भिडियोमा शिवराम श्रेष्ठको छायांकन, विकास धमलाको सम्पादन छ।
प्रदेशमा रहेको छोराले आमाबाले गरेको संघर्षप्रति सम्मान व्यक्त गरिएको यो गीतको म्युजिक भिडियो पनि कारुणिक खालको रहेको छ।
हेरौँ भिडियो
3
Shares
प्रतिक्रिया