शनिबार टेलिभिजन कार्यक्रमको सेटमै घाइते भएपछि उनलाई एम्बुलेन्समा अस्पताल लगिएको थियो।
हिन्दुस्तान टाइम्सका अनुसार निक कसरी घाइते भए भन्नेबारे केही खुलाइएको छैन यद्यपी उनलाई सुटिङका क्रममा घाइते भएपछि अस्पताल लगिएको थियो।
यतिबेला भने निकलाई घर फर्काइसकिएको छ। निक द भ्वाइस भन्ने टेलिभिजन गायन कार्यक्रममा सुटिङका लागि फेरि जाने तयारीमा रहेको बताइएको छ।
निक अहिले अमेरिकाको लस एन्जलसमा छन्। प्रियंका चोपडा भने हाल विभिन्न कामको सिसिलामा लन्डनमा छिन्।
प्रतिक्रिया