ad ad

कला


निफ चलचित्र महोत्सव : ‘बुख्याँचा’ उत्कृष्ट

निफ चलचित्र महोत्सव : ‘बुख्याँचा’ उत्कृष्ट

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १६:३,

विश्वका कथाहरुको उत्सव’भन्ने नाराका साथ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजदेखि समापन भएको छ।

चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटन विश्वभरि फैलाउने निफको उदेश्य रहेको निफको जुममार्फत कार्यक्रमको समापन सत्रमा फैजिया फथिमाले निफमा स्तरीय कथा आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्मेवारीमा रहँदा खुशी लागेको बताए।

पोर्चुगलका चलचित्र निर्माता ज्वाओ पाउलो मकेडोले विश्वभरका कला, संस्कृति तथा भूगोललाई निफले केन्द्रिकृत गर्न सफल रहेको जनाए। मधुरिमा बारुवाचले प्रेमेन्दर मजुमेण्डरले केही समयअघि नेपालको दोलखा घुम्दा रोचक लागेको र चलचित्रका लागि उत्कृष्ट लागेको बताए।

समापन कार्यक्रममा उत्कृष्ट चलचित्रसहित विभिन्न देशका निर्णायकले पुरस्कार राशिको घोषणा गरे। सोअनुसार उत्कृष्ट लघुचलचित्र अवार्ड राजेशप्रसाद खत्रीको अ स्क्यरक्रो (बुख्याँचा)ले हात पारेको छ। यसैगरी वाग्मती अवार्ड उत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रअन्तर्गत दक्षिण कोरियाका निर्देशक सङ्बिन बुनको गड्स डटर डान्सेसले पाएको छ।

मञ्जुश्री अवार्ड उत्कृष्ट एनिमेशनतर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले हात पारेका छन् भने उत्कृष्ट वृत्तचित्र गणेश पाण्डेको सिभिल सोल्डर्सले हात पारेको छ।

यसैगरी माउन्ट एभरेष्ट वृत्तचित्र अवार्ड स्विट्जरल्याण्डका निर्देशक एड्रिनो जेकाको रिटर्न टु द लष्ट इडेनले पाएको छ। टर्कीका निर्देशक मुरत सेरीको इन माइ ड्रिम पनि छनोटमा परेको छ भने राष्ट्रिय कथानक चलचित्रअन्तर्गत ढोण्डुप छिरिङको आमा खाण्डोले हात पारेको छ। गौतमबुद्ध अवार्डअन्तर्गत भारतीय चलचित्र डिक्सनरीले हात पारेको छ। उत्कृष्ट लेखनतर्फ सरिता, उत्कृष्ट छायाङ्कन एवं महिला तथा पुरुषको अभियनतर्फ लाटोकोसेरोले अवार्ड हात पारेको छ।

कार्यक्रममा चालचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली कथा, चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा निफको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा बोर्डले विभिन्न संघसंस्थासँगको सहकार्यमा चलचित्र गतिविधि अगाडि बढाइने जानकारी दिए। कार्यक्रमको समापन गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान तथा निफका अध्यक्ष केपी पाठकले महोत्सवक कार्यक्रम थप गतिशील एवं प्रभावकारी बनाइने बताए।

नेपाली चलचित्रले आकर्षण गर्नुपर्ने सुझाव
निफको आजको शुरुआती सत्रमा चलचित्रको आर्थिक एवं गुणात्मकस्तरबारे बहस गरिएको थियो। कार्यक्रममा लेखक युग पाठकले चलचित्र समाजको भाषा र संस्कृति देखाउने ऐना भएको र यसले विचारको प्रतिनिधित्व गरेको बताए।

लेखक तथा पत्रकार बविता बस्नेतले अबका चलचित्रमा महिलाको यथार्थ देखाइनुपर्ने तथा रोनाधोना, देवी वा बोक्सी मात्र नदेखाई जीवन झल्कने सफलताको कथा पनि समावेश गर्नुपर्नेमा जोड दिइन्। साहित्यकार कृष्ण धरावासीले संसारभरिका चलचित्र हेरेका दर्शकलाई अब नेपाली चलचित्रले आकर्षण गर्नुपर्ने भनाइ राखे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .