कला


६७ लाखकाे लागतमा ‘मुगः द्योः छेँः’ पुनर्निर्माण

६७ लाखकाे लागतमा ‘मुगः द्योः छेँः’ पुनर्निर्माण

नेपालखबर
साउन २८, २०७६ मंगलबार १२:३२,

काठमाडौं महानगरपािलका २२ टेबहाल, राजकृति महाबिहारस्थित अक्षोभ्य तथागत (मुगः द्योः छेँः) को पुनर्निर्माण कार्य सम्पन्न भएको छ।

श्री संकटा संरक्षण तथा व्यवस्थापन समितिको अगुवाईमा सम्पन्न पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले २२ लाख २४ हजार ९४६ रुपैयाँ उपलब्ध गराएको थियो। त्यस्तै काठमाडौं क्षेत्र नं. ९ का संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठमार्फत संसद विकास कोषबाट ८ लाख ११ हजार ९४० रुपैयाँ र उपभोक्ता समितिबाट ३६ लाख ६७ हजार ४०२ रुपैयाँ जम्मा भएको थियो।

यसको पुननिर्माणका लागि २८ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। प्यागोडा शैलीको १ तले संरचनाका रुपमा पुननिर्माण भएको यो बिहार १४ फिट लम्बाई र १४ फिट चौडाई क्षेत्रफलमा छ। पुननिर्माण अवसरमा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले टेबहाल क्षेत्रभित्र भएका सम्पदाको चाँडो पुनर्निर्माण सम्पन्न गरेर भ्रमण वर्ष २०२० का लागि आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाइने बताए।

सबै मिलेर मुग द्योः छेँः को पुनर्निर्माण सम्पन्न सम्भव भएकाे भन्दै उनले अब क्वापाः द्योः छेँ र संकटा मन्दिर (पाल्हाःद्यो) को पुनर्निर्माण तत्काल थाल्न आग्रह गरेका थिए। सम्पदा पुनर्निर्माणका लागि संघ र प्रदेश सरकार, महानगर र वडा, उपभोक्ता समिति र शुभेच्छुक सबैबाट प्राप्त रकमलाई एकै ठाउँमा जम्मा गरेर एउटै बाटोबाट खर्च गर्दा पारदर्शिता र जवाफदेहिता बढ्ने मेयर शाक्यको भनाइ थियो।

सोही कार्यक्रममा बोल्दै महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले मुगः द्योः छेँ पुननिर्माणले आगामी दिनमा राम्ररी काम गर्न सकिन्छ भन्ने सन्देश दिएको धारणा राखे।

कार्यक्रममा बोल्दै पुनर्निर्माण समितिका सचिव माणिकरत्न स्थापितले मुग द्योः छेँ पुननिर्माणमा लागेको खर्चको विवरण प्रस्तुत गर्दै अब पुननिर्माण हुने संकटा मन्दिर (पाल्हाःद्यो) का लागि ५ करोड रुपैयाँ र क्वापाः द्योः छेँका लागि ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको बताए। यी दुई संरचना पुननिर्माण भइसकेपछि टेबहाल क्षेत्रमा सौन्दर्यीकरण र पर्यटन व्यवस्थापनको मात्र काम बाँकी हुनेछ, स्थापितको भनाइ छ।

muga1

समारोहमा संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेश संसद सदस्य राजेशकाजी शाक्य र अजयक्रान्ति शाक्य, वडाध्यक्ष चिनीकाजी महर्जनसहित स्थानीयको बाक्लो उपस्थिति थियो। टेबहालस्थित संकटा मन्दिर दिनदशा र आपत्बिपद्को संकट टार्ने भगवानका रुपमा चिनिन्छ।

कलिगत सम्बत् ३६०६ अर्थात् बि. सं. ५६२ (ईस्वी सम्बत् ५०५) मा बन्धुदत्त बज्राचार्यले यो मन्दिरको स्थापना गर्न लगाएको मानिन्छ। दुःखबाट छुटकारा पाउन पूजा आराधना, ग्रह जप तथा पाठ गराइने यस मन्दिरलाई २०७२ सालको भूकम्पले आंशिक क्षति पुर्‍याएको छ। मन्दिरको भित्रि भाग चर्किएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad