चलचित्र ‘गणपति’को छायाँकन सकिएको छ।
मुकुन भुसाल र मेनुका प्रधानको मुख्य भूमिका रहेको गगापतिको छायाँकन सकरे निर्माण युनिट तनहुँको बन्दीपुरबाट काठमाडौँ फर्किएको हो।
निर्देशक सविन अधिकारीका अनुसार अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको भइरहेको छ।
लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्मको छायाँकन हरिबहादुर घलेको र अनिस अधिकारीले शब्द तथा संगीत रहेको छ। फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंको हो ।
फिल्ममा मुकुन र मेनुकासँगै सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धरलगायतको भूमिका रहेको छ।
प्रतिक्रिया