गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘घरमा मेरो बिहेको करकर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा सुरेन्द्र थपलियाको शब्द र गायकको आफ्नै संगीत रहेको छ। म्युजिक भिडियोलाई बिशाल प्रजापतिले छायांकन गरेका छन् भने निर्देशक सरोज श्रेष्ठले आकर्षक ढंगले निर्देशन गरेका छन्।
उक्त भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा चर्चित हास्य कलाकार महादेव त्रिपाठी, मनिष प्रितम, रश्मि श्रेष्ठ, गणेश केसी, नमराज पराजुली तथा भगवान खत्रीको अभिनय देख्न सकिन्छ।
गायक श्रेष्ठको ‘टिकटकले डुबायो’ ले आत्याधिक चर्चा बटुल्न सफल भएको थियो।
साउन २४, २०७६ शुक्रबार १३:५२
प्रतिक्रिया