दोस्रो विवाह गरेकी गायिका अञ्जु पन्तले पति थिर कोइरालासँग माया साटिरहेको टिकटक बनाएकी छन्।
आफैंले गाएको ‘धेरै माया नदेऊ मलाई’ बोलको गीतमा पतिकाे हातबाट खाना खुाइरहेको टिकटक बनाएकी हुन्।
टिकटक हेर्न यहाँ क्लिक गर्नुहोला।

गायिका पन्तले इलाम घर भएका कोइरालासँग बुधबार दुवै पक्षका परिवारका सदस्य र नजिकका सीमित आफन्तबीच पाटनस्थित चर्चमा विवाह गरेकी हुन्।
गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध-विच्छेद गरेकी थिइन्।
उनीहरूकी एक छोरी छन्- परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बताइएको छ।
एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका अञ्जु र थिरबीच पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। जतिबेला थिर नेपाल टेलिभिजनमा सर्वाङ्गीण संवाद’ कार्यक्रम चलाउँथे। त्यही कार्यक्रममा अञ्जु अतिथि बनेर जाँदा दुई जनाबीच चिनजान भएको थियो।


प्रतिक्रिया