कला


अमर राईको पहिलो लोकभाका ‘घुम्दै र फिर्दै’ (भिडिओ)

अमर राईको पहिलो लोकभाका ‘घुम्दै र फिर्दै’ (भिडिओ)

नेपालखबर
फागुन १२, २०७७ बुधबार ८:३,

उदीयमान भोजपुरे गायक अमर राईले पूर्वेली लोकभाकामा ‘घुम्दै र फिर्दै’ बोलको गीत बनाएका छन्।

गीतको म्युजिक भिडियो राईको आफ्नै युट्युटब च्यानल ‘अमर क्रिएसन’मार्फत मंगलबार सार्वजनिक गरिएको हो।

यसअघि धेरै गीत र म्युजिक भिडियो निर्माण गरिसकेका राईले पूर्वेली लोकभाकाको म्युजिक भिडिओ भने पहिलोपटक ल्याएका हुन्।

‘घुम्दै र फिर्दै’ गीत गायक राईले नै लेखेका हुन् भने गाउन गायिका जुना राईले साथ दिएकी छन्।

विक्रम राईले संगीत भरेको गीत सुरेश राईले रेकर्डिङ गरेका हुन्। राजु कार्कीले संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरेका हुन्।

किरण चाम्लिङ राईको निर्देशनमा तयार भएको भिडिओ भूपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका हुन्। भिडिओ सम्पादन अनिल रानाले गरेका हुन्।

गीतको मर्मलाई न्याय गर्न रामेछापको चिसापानी भन्ने स्थानको गाउँले परिवेशलाई भिडिओमा कैद गरिएको छ।

म्युजिक भिडिओमा प्रयास वान्तवा राई र सुजाता थुलुङ राईको उत्कृष्ट अभिनय छ। सहरबाट घुम्न गाउँ गएका एक युवकले गाउँले युवतीसँग प्रेम गरेको र पछि भगाएर लगेको दृश्य भिडिओमा सुन्दर ढंगले देखाइएको छ।

शब्द, संगीत, स्थान र अभिनय ‘अर्गानिक’ भएको राईले नेपालखबरसँग बताए।

उनले भने, ‘यो भन्दा अगाडि धेरै किसिमका गीत गरियो, आफू पूर्वेली भएकाले आफ्नैतिरको लोकभाका पनि गरेर हेरौं न भन्ने सोचले यो म्युजिक भिडिओ तयार भएकोहो। फेरि लकडाउनका बेला केही सिर्जनात्मक काम गरौं भन्ने हेतुले पनि काम गरेको हो।’

गीत लेखनचाहिँ यो नै पहिलो प्रयास भएको उनले बताए।

राईले ‘इमोर्टल’ नामको गीति एल्बमसहित झन्डै डेढ दर्जन गीत गाएका छन्। उनले स्वदेश तथा हङकङमा समेत आफ्नो प्रस्तुति दिइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad