मीनकुमार अधिकारीको निर्माण तथा राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुँवरको सह निर्माणमा निर्माण भएको नेपाली कथानक चलचित्र आरम्भको ‘रिमझिम मौसम’ बोलको भिडियो सार्वजनिक भएको छ।
शंकर अधिकारी घायलको प्रस्तुती एवम् लेखन र निर्देशनमा निर्माण भएको आरम्भ मुविको पहिलो गीत रिमझिम मौसममा नित्याशिवाको आवाज रहेको ‘रिमझिम मौसम’ गीतको भिडियो सार्वजनिक भएको छ।
समसामयिक विषयबस्तु र प्रेम प्रसङगलाई गीतमा समेटिएको छ। शंकर अधिकारी घायलको गीत, संगीत र भुपाल खालिङको एरेन्ज रहेको छ। कृष्ण पाण्डेको छायांकन, डिके हमालको नृत्य, देव महर्जनको द्वन्द्व र अन्जली थापाको सम्पादन रहेको छ।
विशाल अग्रवाल र अमृता मगरको फिचरिङ रहेको भिडियो ओएस आर डिजिटलबाट रिलिज भएको हो।

प्रतिक्रिया