युवा गायक जोसेफ शाही ठकुरीले नयाँ गीत भिडियोसहित सार्वजनिक गरेका छन्।
नयाँ गीत देउडा शैलीको छ। लाइमलाइट नेपाल युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गीतमा गायक स्वयंकै शब्द छ भने कोशिष क्षेत्रीको संगीत छ।
गीतमा उदयराज पौडेलको संगीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनि सम्पादन रहेको छ। यो गीत ‘पियारी’ प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।
धन कमाउन विदेश गएका एक परदेशीले आफ्नी धर्मपत्नीलाई सम्झाएको कथावस्तुलाई गीतमा समेटिएको छ।
कलाकार प्रकाश चन्द, सरस्वती फुयाँल, रत्न डंगोल, रामहरी थापा र रञ्जित मगरले भिडियोमा अभिनय गरेका छन्।
चक्रबहादुर बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन देवेन्द्र कुँवरले गरेका हुन्।
भिडियाेः

प्रतिक्रिया