संगीतकार संघ नेपालको अध्यक्षमा संगीतकार पारस मुकारुङ चयन भएका छन् ।
संघको शनिबार सम्पन्न १०औँ साधारणसभाले मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्यक्षमा हरि लम्साल, द्वितीय उपाध्यक्षमा अष्ट लामा, महासचिवमा वसन्त सापकोटा, सचिवमा सुदाम थापा र कोषाध्यक्षमा राजेश थापा चयन भएका छन्।
त्यसैगरी सदस्यमा जेम्स प्रधान, राजन इशान, कालीप्रसाद बाँसकोटा र टंक बुढाथोकी चयन भएका संघले जनाएको छ । अध्यक्षमा चयन भएका पारस मुकारुङले स्रष्टाहरूको गुमेको प्रतिलिपि अधिकार स्थापित गर्न आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्रष्टाको प्रतिलिपि अधिकारमाथि निरन्तर कलम चलाइदिएको भन्दै नयाँ पत्रिका दैनिकका पत्रकार नवीन प्यासी, बाह्रखरी अनलाइनका पत्रकार नरेश फुयाँल र हंगामा टुडेका पत्रकार सीताराम बडाललाई संघले जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरेको छ।

प्रतिक्रिया