भारतमा सुरु कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत पहिलो दिन करिब २ लाख जनाले खोप लगाएका छन्।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार १ लाख ९१ हजार नागरिकलाई खोप दिइएको हो। तीन हजार ३५१ सत्रमार्फत कोभ्याक्सिन र कोभिसिल्ड खोप दिइएको हो।
हेर्नुहाेस्, भारतीय स्वास्थ्य मन्त्रालयले टि्वटरमार्फत सार्वजनिक गरेकाे तथ्यांक
#LargestVaccineDrive
In the world's largest #COVID19 vaccination program, 191,181 beneficiaries were vaccinated across the country today. pic.twitter.com/elw6s32fja
भारतमा सञ्चालित यो खोप अभियानलाई विश्वकै ठूलो खोप अभियान भनिएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयले खोप लगाएका कसैमा पनि कुनै समस्या नदेखिएको दाबी गरेको छ तर दिल्लीमा खोप लिएका केही व्यक्तिमा एलर्जीको समस्या भएको घटना दर्ता भएका छन्।
मिडिया रिपोर्टका अनुसार ती मानिसलाई स्थानीय प्रशासनले निगरानीमा राखेको छ। त्यहाँका अधिकारीले भनेका छन्, ‘खोप अभियानको पहिलो दिन पक्कै पनि केही समस्या देखिन्छन्, तर उनीहरूलाई अहिले ठीक पारिसकेका छौं।’

प्रतिक्रिया