कला


नवलपुरका युवाले ल्याए ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ बोलको गीत (भिडियो)

नवलपुरका युवाले ल्याए ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ बोलको गीत (भिडियो)

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ५:४५,

नवलपुरका स्थानीय युवाहरुको सहकार्य र उनीहरुकै अभिनय रहेको गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

राजेशकुमारको स्वर रहेको ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ बोलको गीत सार्वजनिक गरिएको हो। राजेशले चलचित्र रोजको ‘फूल होइन काँडा’, प्रेमगीत ३ को ‘हर युग होस् प्रेमको’, निदाउँकी सपनीमा, मोटरसाइकलमा जस्ता सर्वाधिक चर्चित गीतका रचना समेत गरेका छन्।

गीतको म्युजिक भिडियोमा नवलपुरका युवाहरु ममता, तिलक, बिदेश, निरज, रोशन र तिलकको भूमिका देख्न सकिन्छ। दीपक कौशलको शब्द संगीत र रमित श्रेष्ठ पाल्पालीको निर्देशन रहेको म्यूजिक भिडियोमा सहरिया ठिटो र गाउँमा संघर्षशील जीवन बिताइरहेकी सरल नारीबीचको माया प्रेमको भावलाई रोमाञ्चक तरिकाबाट प्रस्तुत गर्न खोजिएको छ।

भिडियोमा नवलपुरका स्थानीय पर्यटकीय स्थल, नारायणी नदी र देवचुली अनि बरचुलीको पर्वतीय शृंखला समेत देख्न सकिन्छ।

सुरज खनालले छायांकन गरेको गीतले बाग्लुङ, पाल्पा र पूर्वी नवलपरासीबीचको भौगोलिक निकटता अनि सम्बन्धलाई समेत झल्काएको छ।

भिडियाेः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad