सन् २०२० सकिनै लाग्दा नयाँ वर्षको तयारी पनि सुरु भएको छ। यस्तैमा बलिउड सिने उद्योग पनि आफ्नो आगामी इनिंगको लागि पूर्ण रूपमा तयार भएको छ।
नयाँ वर्ष २०२१ मा केही नयाँ अनुहारहरू बलिउड प्रवेश गर्न लागेका छन्। जसमा केही अनुहारहरू बलिउडका फिल्मकर्मीका परिवारका अर्थात पूर्वपरिचित हुन भने केही नयाँ अनुहार रहेका छन्।
यिनीहरुमध्ये केही अनुहार २०२० मै दर्शकबीचमा आउनुपर्नेमा थियो। कोरोनाका कारण फिल्म रोकिएपछि उनीहरुको बलिउड इन्ट्र पनि रोकिएको थियो। २०२१ मा भने पुनः फिल्म उद्योग ट्रयाकमा आउने फिल्म पनि त्यसैगरी आउने अपेक्षा गरिएको छ।
बलिउडमा नयाँ अनुहारलाई लिएर प्रशंसकहरु बीच सधैं उत्साह देखिँदै आएको पाइन्छ। उनीहरुको नाममा नयाँ आशा जोडिएको हुन्छ भने कलाकारलाई पनि पहिलो फिल्म धेरै महत्त्वपूर्ण हुनछ। डेब्यु फिल्मले एक कलाकारलाई बलिउडमा स्थापित गर्ने सामथ्र्य राख्ने गर्दछ।
यी हुन २०२१मा बलिउड प्रवेश गर्न लागेका ११ कलाकार
सन् २०१७ की मिस वर्ल्ड मानुषी छिल्लर २०२१ मा बलिउड डेब्यू गर्न लागिरहेकी छिन्। मानुषीले चन्द्रप्रकाश द्विवेदीको ऐतिहासिक पृष्ठभूमिमा आधारित फिल्म ‘पृथ्वीराज’ बाट बलिउडमा डेब्यू गर्न लागेकी हुन्। फिल्ममा उनी अक्षय्कुमार साथमा देखा पर्दैछिन्।

यस फिल्ममा मानुषीले संयोगिताको भूमिका खेल्नेछिन्। यशराज फिल्म्सको ब्यानरमा निर्मित फिल्म आगामी वर्ष दीपावलीको अवसरमा रिलिज हुनेछ।
त्यस्तै कैटरिना कैफकी बहिनी इसाबेल कैफ२०२१ मा करण भुटानीको फिल्म ‘कवठा’ बाट बलिउड डेब्यू गर्न लागिरहेकी छिन्। सैन्य पृष्ठभूमिमा आधारित यस फिल्ममा आयुष शर्मा इजाबेल अपोजिटमा देखा पर्नेछन्।

अभिनेता सुनिल सेट्टीका छोरा अहान शेट्टीले २०१८ मा आएको तेलुगु फिल्म ‘आरएक्स १००’ को हिन्दी रिमेकबाट बलिउड यात्रा सुरू गर्न लागेका छन्। ‘ताण्डव’ नाम दिइएको यो फिल्म मिलान लुथरियाद्वारा निर्देशित रहेको छ भने यस अहानसँगै तारा सुतारियाले अभिनय गरेका छन्।

त्यस्तै धर्म प्रोडक्सन्सको ‘दोस्ताना–२’मा कार्तिक आर्यन र जाह्नवी कपुरका साथमा लक्ष्यले बलिउड ‘इन्ट्री’ गर्दैछन्। लक्ष्य टिलेसिरियलका लोकप्रिय अभिनेता र मोडेल हुन्। यो फिल्मको निर्माता करण जौहर हुन्।

त्यस्तै सन २०२१ मा विजय देवरकोन्डा फिल्म ‘फाइटर’बाट बलिउड सिने उद्योगमा डेब्यू गर्दैछन्। दक्षिण भारतीय फिल्म ‘अर्जन रेड्डी’बाट चर्चामा आएका वियसँगै यो फिल्ममा अनन्या पाण्डे पनि देखिँदैछिन्। यो फिल्मको निर्देशन पुरी जगन्नाथले गर्दै छन् भने करण जोहर र अपूर्व मेहताले निर्माण गरिरहेका छन्।

त्यस्तै मिथुन चक्रवर्तीका छोरा नमाशी चक्रवर्तीले सन् २०२१ बाट बलिउड डेब्यु गर्दैछन्। उनले राजकुमार सान्तोषीको फिल्म ‘व्याड ब्वाई’बाट बलिउड इन्ट्री गर्न लागेका हुन्। फिल्ममा उनका साथ आमरिन कुरेसीको पनि अभिनय रहने छ। कुरेसीको पनि यो डेब्यू फिल्म हो।

त्यस्तै दक्षिण भारतीय चलचित्रकी अभिनेत्री शालिनी पाण्डे रणवीर सिंहसँग यशराज फिल्मसको कमेडी फिल्म ‘जयेश भाइ जमर’ बाट बलिउड डेब्यू गर्दैछिन्।

त्यस्तै सामाजिक सञ्जालमा चर्चित शिर्ली सेतिया साबिर खानको फिल्म ‘निकम्मा’बाट बलिउडमा डेब्यू गर्दैछिन्।फिल्ममा अभिमन्यु दासानी र शिल्पा शेट्टीको पनि मुख्य भूमिका छ।

त्यस्तै ‘बन्टी और बब्ली २’मा सिद्धान्त चतुर्वेदी, सैफ अली खान, रानी मुखर्जीसँग देखिनेछ सरवरी। यशराज व्यानरको बहुप्रतीक्षत फिल्मका रुपमा हेरिएको बन्टी और बब्लीबाट सरवरीले बलिउड डेब्यु गर्न लागेकी हुन्। फिल्म निर्देशित वरुण शर्माले गरेका छन्।

त्यस्तै ‘हंगामा २’ बाट सन् २०२१ मै बलिउड डेब्यु गर्दैछिन् प्रणीता सुभाष। यस फिल्ममा उनीसँगै शिल्पा शेट्टी, मेजन जाफ्रे र परेश रावल देखिनेछन्।

प्रसिद्ध टेलिभिजन अभिनेत्री श्वेता तिवारीकी छोरी पलक तिवारी पनि बलिउडमा डेब्यू गर्न लागेका छन्। उनी विवेक ओबेरॉयको ‘रोजीः द साफ्रन च्याप्टर’मा पलकले अभिनय गर्न लागेका हुन्।

Shares

प्रतिक्रिया