समाज


भालुको आक्रमणबाट तीन घाइते

भालुको आक्रमणबाट तीन घाइते

नेपालखबर
पुस २, २०७७ बिहिबार १२:६,

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चालू आर्थिक वर्षमा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ।

गत साउनदेखि मंसिर मसान्तसम्म तीन जनालाई जंगली भालुले आक्रमण गरी घाइते बनाएको र भालु तथा बँदेलले १४३ जनाको अन्नबाली नोक्सान पु¥याएको प्रमाणित हुन आएपछि निकुञ्ज कार्यालयले नियमानुसार राहत प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको हो।

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार भालुको आक्रमणबाट घाइते हुनेका लागि सरकारी अस्पतालको बिलबमोजिम र अन्नबाली क्षति भएका किसानका हकमा क्षतिको तुलना गरी बढीमा रु १० हजारसम्म क्षतिपूर्ति दिने कानूनी प्रवधानअनुरूप राहत प्रदान गर्न लागिएको हो।

भालुले घाइते बनाएका तीनैजना उपचारपछि घर फर्किसकेका र राहतस्वरूप प्रदान गरिने रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढेको निकुञ्जले जनाएको छ।

गैह्रकानूनी क्रियाकलाप
लाङटाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा गैह्रकानूनी तवरले चोरीका घटना भने फाट्टफुट्ट भइरहेका छन्। चालू आवमा अनुमति विना अवैध तरिकाले जडीबुटी संकलन गर्ने चार र काठ काट्ने एकसमेत पाँच जनालाई नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको र वन जंगलको सुरक्षामा नेपाली सेना कालिजंग गणको योगदान महत्वपूर्ण रहेको निकुञ्जले जनाएको छ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको हिमाली भूभागमा एक हजार ७१० वर्ग किमी क्षेत्रफल भएको लाङटाङ राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुरूप कर्मचारीको संख्या कमी भएका कारण संरक्षणको अनुगमनमा निकै कठिनाइ आएको छ। प्रमुखसहित ९६ कर्मचारीको दरबन्दी तालिका रहे पनि हाल ६९ मात्र कर्मचारी कार्यरत रहेको निकुञ्जको कर्मचारी प्रशासन शाखाका नायब सुब्बा रमेश गौडा बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad