ad ad

कला


हिन्दूशास्त्रमा खलपात्रको रुपमा लिइने रावणको पक्षमा बोलेको भन्दै सैफविरुद्ध मुद्दा

हिन्दूशास्त्रमा खलपात्रको रुपमा लिइने रावणको पक्षमा बोलेको भन्दै सैफविरुद्ध मुद्दा

नेपालखबर
पुस १, २०७७ बुधबार ८:५८,

हिन्दूधर्म मान्नेहरुको भावनामा आँच पुर्याउने अभिव्यक्ति दिएको भन्दै सैफविरुद्ध उत्तर प्रदेशको जौनपुरका अधिवक्ताले मुद्दा दर्ता गरेका हुन्।

सन् २०२२ मा रिलिज हुने चलचित्र ‘आदिपुरुष’ मा सैफले लंकेसको भूमिका निर्वाह गर्दैछन्। लंकेस रावणसँग मिल्दोजुल्दो पात्र हो। हिन्दूशास्त्रमा रावणलाई खलपात्रको रुपमा लिइन्छ।

तर सैफले आदिपुरुषमा रावणले सितालाई अपहरण गर्नु जायज थियो भन्ने दृष्टिकोण रहेको बताएपछि उनी विवादमा तानिएका हुन्।

आफ्नी बहिनी सुर्पनखाको नाक रामका भाई लक्ष्मणले काटेपछि बदला स्वरुप रावणले सितालाई अपहरण गर्नुको औचित्य रहेको विषय चलचित्रमा समेटिएको सैफको भनाइ थियो।

डिसेम्बर ६ मा दिएको अन्तर्वातामा उनले भनेका थिए,‘फिल्ममा रावणको परोपकारी र मानवीय पक्ष देखाइने छ।’

हाल राक्षस रावणको गुणगान गाएको भन्दै सैफको आलोचना भइरहेको छ। सैफले यस विषयमा माफीसमेत मागिसकेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .