ad ad

कारोबार


हामीले सातै प्रदेशमा ‘गरिखाने अभियान’ चलाउँदै छौँ : विनोद चौधरी

हामीले सातै प्रदेशमा ‘गरिखाने अभियान’ चलाउँदै छौँ : विनोद चौधरी

नेपालखबर
पुस १, २०७७ बुधबार ८:४५,

मुलुकभर रहेका युवालाई उद्यमशीलता बनाउने र सचेतना फैलाउने उद्देश्यसहित ‘गरिखाने अभियान’ सञ्चालन गर्न लागेको उद्योगपति तथा सांसद विनोद चौधरीले बताएका छन्।

मुलुकभरका युवाहरुको आवाज उठाउने गरी यो अभियान सातै प्रदेशमा गर्न लागेको चौधरीले बताएका । मुलुकभर रहेका ६० लाख युवाको भविष्य अनिश्चित रहेको बेला यो अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) गरेको युवा र उद्यमशीलता’ विषयक भर्चुअल अन्तक्रियामा बोल्दै नेपाली काग्रेसका सांसद समेत रहेका विनोद चौधरीले काग्रेसले उक्त अभियान सातै प्रदेशमा गर्न लागेको बताए। चौधरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समितिका संयोजक हुन।

‘हामीले यो अभियान सञ्चालन गर्नको लागि धेरैसँग अन्तक्रिया गरिहरको छौँ’, चौधरीले भने, ‘हामी निकै उत्साहित पनि छौँ।’

मुलुकभर रहेका ६० लाख युवाको भविष्य अन्योल रहेको, उनीहरुले भविष्यमा के गर्ने, कसरी भविष्य बनाउने जस्ता कुरामा अलमल रहेको अवस्थमा उनीहरुका लागि केही गर्न आवश्यक रहेको बताए।

‘उनीहरुलाई भविष्य निर्माणको बाटो देखाउन जरुरी छ’, चौधरीले भने, ‘के गर्ने भन्ने कुरा राज्यले गर्नुपर्छ।’

नेपालको युवा शक्ति विश्वको अन्य युवाभन्दा कम नभएको भन्दै उनीहरुलाई उपयुक्त वातावरण बनाउन जरुरी भएको बताए। विश्वका चर्चित कम्पनीहरु ३५ वर्षमुनिका युवाले चलाएका छन्। ग्लोबलाइजेसनले सबैकुरा सम्भव गराएको छ।

‘हाम्रा युवाहरु यस बारेमा ज्ञान छ। सबै थाहा छ तर उनीहरुलाई अगाडि बढ्न किन सकेका छैनन्,’ चौधरीले भने, ‘मलाई यही कुराले सधै निराश बनाउँछ।’

उनीहरुलाई उद्यमी बन्ने वातावरण नभएको उनले बताए। उनीहरुलाई आवश्यक सहयोग नभएको, लगानी नभएको, उपयुक्त सकारी नीतिहरु नभएकोले उद्यमशीलता बन्न अवरोध भइरहेको उनको विचार थियो।

‘अहिलेको युवा उद्यमी बनाउने इको सिस्टम बनाउन सकेका छैनौँ’, चौधरीले भने, ‘विदेशीने युवालाई रोक्न सकेका छैनौं।’

यदि नेपालका युवाले इनफ इज इनफ भन्ने अभयिान सञ्चालन गर्न सक्छन् भने आर्थिक सुधारको लागि अभियान पनि सञ्चालन गर्नु पर्ने उनको भनाइ छ। युवाहरुले आर्थिक सुधार, लगानीको वातावरण बनाउन अभियान सञ्चालन गर्नुपर्ने र त्यसमा साथ दिन तयार रहेको बताए।

‘नीति तथा कार्यक्रमले मात्र हुदैन। उद्यमशिलता जन्मिन पर्‍र्यो,’ चौधरीले भने, ‘त्यसले प्राजेक्ट ल्याउनुपर्यो र त्यसलाई कसरी कायान्वयन गर्ने भन्ने हुनुपर्यो। यो सबै अहिले मिसिङ छ।’

२०४६ सालपछि जसरी नेपालको अर्थतन्त्र फस्टायो, नयाँ नयाँ क्षेत्र फस्टाय त्यसलाई अगाडि बढाउने जिम्म नयाँ युवामा आएको उनले बताए। अहिले हरेक क्षेत्रमा व्यवसाय गर्नेको संख्या ह्वात्तै बढेको बताए।

इकोनोमिक कम्पोजिसनमा परिवर्तन आएको छ र त्यसलाई अगाडि लैजाने काम नयाँ पुस्ताका व्यवसायीले नै हो।

तर, नेपालमा नेपालमा व्यवसाय गर्ने र दलाल गर्ने बीचको फरक छुट्याउन नसकिएको प्रति दुःख व्यक्त गरे। ‘यसमा पत्रकार र व्यवसायी दुवैको कमजोरी हो,’ उनले भने, ‘हामीले प्रष्टसँग छुट्याउन चाहेनौं।’

अहिलेको राजनीतिक शक्तिसँग स्रोतको प्रयोग गर्न नसकेको उनको भनाइ थियो ‘अहिले दुईतीहाइको सरकार छ तर काम हुन सकने, आर्थिक वृद्धि हुन सकेन, किन सकेन?,’ चौधरीले प्रश्न गरे।

नयाँ पुस्ताले खोजेको वातावरण बनाउन र उनीहरुलाई उद्यमशिलता बनाउने आफ्नो सपना भएकाले राजनीतिमा लागेको बताए।

राजनीति पार्टी भित्र नै सोचाइमा परिवर्तन हुनुपर्ने बताए। ‘नयाँ पुस्ताको सोचाइ र उनीहरुको मेहनतलाई सहि दिशानिर्देशन गर्न सकिएको छैन’, उनले भने, ‘उनीलाई सही ठाउँ दिएनन् भने देशमा परिवर्तन आउँदैन।’

नया पिँढीलाई केही गर्ने हो भने अहिलेको नेतृत्वले बलिदान गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .